FLASH NEWS
  • Loading...

निर्माण व्यवसायी गौचनको पृष्ठभूमि

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९१ पटक पढिएको
निर्माण व्यवसायी गौचनको पृष्ठभूमि

काठमाडौँ- असोज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो वानेश्वरमा गोली हानी हत्या गरिएको छ । राजधानीको मुटु वानेश्वरको शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो ।

गोली लागेसँगै निजामती अस्पताल पुर्‍याइएका गौचनको चिकित्सकले गोली निकालेसँगै निधन भएको थियो । राजधानीको सामाखुसीमा कार्यलय रहेका गौचन शान्तिनगर हुँदै त्यसतर्फ जाँदै थिए । तर बाटो ढुँकेर बसेका ‘सुटर’ले उनीमाथि गोली चलाए । प्रत्यक्षदर्शीका अनुसार गाडीमा सवार गौचनमाथि गोली चलाउनुभन्दा पहिला उनको गाडीमा ढुंगा हानिएको र लगत्तै तीन गोली प्रहार गरिएको थियो । गौचनको टाउको, छाती र वायाँ कोखामा गोली लागेको छ । 

को हुन् गौचन 

चार दशकदेखि निर्माण व्यवसाय संलग्न गौचनको जन्म मुस्ताङको टुकुचेमा भएको भएको थियो । वि।सं।२०३८ सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट उनले सिभिल इञ्जिनीयरिङ प्रविणता प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । गौचन विसं २०३९ सालमा डाँफे कन्ष्ट्रक्शन निर्माण कम्पनी खोलेर निर्माण व्यवसायको क्षेत्रमा होमिएका थिए । निर्माण व्यवसायी महासंघकोे १७ औँ अधिवेशबाट महासंघमा अध्यक्षका चयन भएका गौचनको कार्यकाल आगामी मंसिरमा सकिन लागेकोमा महासंघले जेठमा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । गौचन एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको साझा संगठन इण्टरनेशनल फेडरेशन अफ एशिएन एण्ड वेष्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एशोसिएशन ९इफाप्का० को उपाध्यक्ष समेत हुन् भने नेपाल च्याप्टरका अध्यक्षसमेत थिए । सन् १९५६ मा इफाप्काको स्थापना भएको थियो । १७ राष्ट्रका निर्माण व्यवसायी आबद्ध इफाप्काको मुख्यालय फिलपिन्सको राजधानी मनिलामा छ । सालीन स्वभावका गौचनको कोहीसँग विवाद भएको थाहा नभएको उनी निकट व्यवसायीहरु बताउँछन् । निर्माण व्यवसायीहरुले गौचन सवैसम्म मिल्ने व्यक्ति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले बताए ।  व्यवसायीहरुले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित