FLASH NEWS
  • Loading...

हत्यारा पत्ता नलगाए देशभर आन्दोलनको चेतावनी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७२ पटक पढिएको
हत्यारा पत्ता नलगाए देशभर आन्दोलनको चेतावनी

काठमाडौं- असोज। नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

महासंघले बुधबार साँझसम्मको अल्टिमेटम दिई सो अवधिमा पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। साँझसम्म सरकारले हत्यारा पत्ता लगाउनुपर्छ महासचिव रामशरण देउजाले भने, हत्यामा संलग्नहरुलाई सार्वजनिक नगरे हामी आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौं। महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने पनि उनले चेतावनी दिए। ‘हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव हामी बुझ्दैनौं उनले भने। अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको उनले बताए। अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन महासंघले सरकारसँग आग्रह गरेको छ। गौचनको सोमबार नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। प्रयागचोकमा मोटरसाइकलमा आएका दुई व्यक्तिले उनी सवार गाडीमा पेस्तोलबाट गोली प्रहार गरेका थिए। तीन राउन्ड गोली लागेका गौचनलाई नजिकैको निजामती अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। यता गौचन हत्या घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसरले छुट्टाछुट्टै समिति गठन गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित