FLASH NEWS
  • Loading...

अहिले मन्त्री हटाउन मिल्दैन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
अहिले मन्त्री हटाउन मिल्दैन

काठमाडौं- असोज नेकपा एमाले  र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुले अहिले सरकारले मन्त्री हटाउने वा मन्त्रिपरिषद् विस्तार गर्न नमिल्नेबारे शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।

 सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार कानुन व्यवसायीसहित दुई दलका शीर्ष नेताको छलफलमा यस्तो सुझाव दिइएको हो । निर्वाचन आचारसंहिता र अन्य संवैधानिक एवं राजनीतिक कारणले सरकारले मन्त्री हटाउने वा सरकार विस्तार गर्न नपाउने धारणा राखेका माओवादी केन्द्रका सांसद् रामनारायण विडारीले जानकारी गराए । छलफलमा वरिष्ठ कानुन व्यवसायी तथा पूर्वमहान्यायाधिवक्तालगायतको उपस्थिति थियो । यस्तै बैठकमा शीर्ष नेताले राष्ट्रियसभा निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय समेत गरेका छन् । सांसद् विडारीका अनुसार राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रित थियो । राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहज बनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए । व्यवस्थापिका–संसद्ले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए । एमाले र माओवादी केन्द्रबीच बीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली काँग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ । राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् । बैठकमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, सांसद अग्नि खरेललगायत सहभागी थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित