FLASH NEWS
  • Loading...

चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

मेलम्ची- असोज  आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको खोजी कार्यमा जुटेका प्रहरी बताउँछन् । स्थानीय बासिन्दासहितको खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित