FLASH NEWS
  • Loading...

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६८ पटक पढिएको
१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

|Nepal Police displaying large cache of seized Hashish in Jajarkot district, on Sunday, December 5, 2016. Photo: RSS

महोत्तरी, असोज । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा १५ किलो गाँजासहित आज तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Nepal Police displaying large cache of seized Hashish in Jajarkot district, on Sunday, December 5, 2016. Photo: RSS

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो । काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो । प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित