FLASH NEWS
  • Loading...

आँधीका कारण नेपाल र हङकङबीचको खेल स्थगित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८० पटक पढिएको
आँधीका कारण नेपाल र हङकङबीचको खेल स्थगित

काठमाडौं -असोज । विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने दोस्रो खेल स्थगित भएको छ।हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी ९टाइफुन० आइतबार पनि जारी रहेकाले खेल स्थगित गरिएको हङकङ क्रिकेट एसोसिएसनले जनाएको छ।

हङकङ क्रिकेटले सामाजिक सन्जालमार्फत खेल स्थगित भएको जानकारी दिएको हो। स्थगित खेल सोमबार हुने छ। नेपाल र हङकङबीच मङ कङमा दोस्रो खेल हुने तय छ।टाइफुन ३ मा हङकङका पसलहरु बन्द गरिएको स्थानीयबासी विनोत पुनले नेपाल लाइभलाई टेलिफोनबाट जानकारी दिए। पनुका अनुसार अहिले हङकङमा टाइफुन ८ पुगेको छ। जसले हङकङ पूरा ठप्प बनेको छ।पुनले टाइफुन आइरहदा टेलिफोनमा भने, ुअहिले टाइफुन ८ पुगेको छ। जसले गर्दा यहाँ घर बाहिर निस्कने वातारवण छैन। यसअघि हङकङमा आएको आँधीले आइतबारको खेल स्थगित हुन सक्के अनुमान गरिएको थियो। आइतबार दिनभर मौसम खराब रहन सक्ने हङकङको मौसम विभागले जनाएको छ।साउथ चाइना पोस्टले हङकङको मौसम विभागलाई उधृत गर्दै आँधीले आइतबार ठूलो असर पार्न सक्ने उल्लेख गरेको छ। मौसम विभागका वरिष्ठ विज्ञान अधिकृत चेङ युन चुनले चाइना पोस्टलाई टाइफुन–८ पुग्ने जानकारी दिएका छन्।शनिबार टाइफुन १ मा थियो। टाइफुन १ सामान्य अवस्था हो। मौसम विभागले राति ३ र आइतबार बिहान ८ सम्म पुगेको जनाएको छ।यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टिम हङकङले ८३ रनले हराएको थियो। नेपाललाई डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्न दोस्रो खेल जित्नै पर्ने दबाब छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित