FLASH NEWS
  • Loading...

सालोको कुटाइबाट भिनाजुको ज्यान गयो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail

नुवाकोट- कात्तिक  मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए । टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

–––

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित