FLASH NEWS
  • Loading...

प्रत्यक्षतर्फ नै चुनाव लड्छुः सिटौला

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५७ पटक पढिएको
प्रत्यक्षतर्फ नै चुनाव लड्छुः सिटौला

झापा- कात्तिक  ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताउनुभएको छ । 

बाह्रदशी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पार्नुभयो । व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उहाँले भन्नुभयो, “हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।” उहाँले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उहाँले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताउनुभयो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित