FLASH NEWS
  • Loading...

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail

बैतडी- कात्तिक  ः प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । 

सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ । निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित