FLASH NEWS
- Loading...
त्रिशूलीमा बस दुर्घटना ः ११ जनाको मृत्यु, १६ को जीवितै उद्धार, करिव २५ जना बेपत्ता
- गोल्डेन खबर
- ५ साल अघि
- ३ पटक पढिएको

काठमाडौँ, कात्तिक । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रिबस त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ ।
ना६ख १४६७ नम्बरको बस बिहान ५ बजे धादिङको गजुरी गाउँपालिकास्थित घाटबेँसी मोडबाट त्रिशूली नदीमा खसेको थियो। बस नदीमा डुबेर बेपत्ता भए पनि प्रहरीले गोताखोरको सहयोगमा केही समयपछि फेला परेको थियो । अहिलेसम्म एक बालक, दुई महिला सहित नौ जनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। करिव २५ जना बेपत्ता रहेका छन्
उद्धार गरिएका १६ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । अन्य बेपत्ता यात्रुको खोजीकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस