FLASH NEWS
  • Loading...

त्रिशूली बस दुर्घटना ः मृतकको संख्या ३१ पुग्यो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८७ पटक पढिएको
त्रिशूली बस दुर्घटना ः मृतकको संख्या ३१ पुग्यो

काठमाडौँ, कात्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

मृतक अधिकांश सप्तरीका छन् । दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र एक आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान गएको छ । यस्तै संजीतका सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपता छन् ।

यस्तै बोदेबर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ । छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएको हो । बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित