FLASH NEWS
  • Loading...

यु–१९ क्रिकेट टोलीको घोषणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८८ पटक पढिएको
यु–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौँ, कात्तिक । एसीसी यू–१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् । एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट तीन खेलाडी परिवर्तन भएका छन् । यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् । स्वास्थ्यका कारण नन्दन यादवले नाम फिर्ता लिए भने सुमित महर्जन यसपटक टिममा स्थान बनाउन असफल रहे ।

नेपाली टोलीको कप्तानीमा दिपेन्द्रसिंह सिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी र भिम सार्की टिममा छन् । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित