FLASH NEWS
  • Loading...

पर्यटन प्रवद्र्धनको लागि बडिमालिका गन्तव्य क्षेत्रलाई जोड

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६० पटक पढिएको
पर्यटन प्रवद्र्धनको लागि  बडिमालिका गन्तव्य क्षेत्रलाई जोड

कार्तिक १२ बाजुरा । बाजुराको पर्यटन प्रवद्र्धनका लागि गन्तव्य बडिमालिका क्षेत्रलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा आज बसेको बैठकका सरोकारवालका यस्तो बताएका छन् ।

धार्मिक एवंम पर्यटकीय प्रचुर सम्भावना बोकेको बडिमालिका क्षेत्रका २२ पाटन,जडीबुटी,जगंली जनावर,हिमाली पशुपक्षी,हिम श्रृखला,सयौँ थरीका फुलहरु र सत्यदेवीको शक्ति पिँठको रुपमा रहेको बडिमालिकालाई विश्वमा चिनाउन बडिमालिका गन्तव्य स्थानको विकास गर्नेमा जोड दिएका हुन् । नगर प्रमुख बडुवालले बाजुराको पर्यटकीय क्ष्ृोत्रको विकासका प्रायाप्त सम्भावना भएकाले यसै आर्थिक बर्षमा बडिमालिका नगरपालिकाले पर्यटीकीय सडक सञ्जाल,विद्युत,बजार होटेल व्यवस्थापन र आवश्यक डकुमेन्टीका लागि निति कार्यक्रम तथा बजेट सहित पास भईसकेको एक कार्यपत्र नगर प्रमुखले बडुवालले छलफलमा ल्याएका थिए ।

अन्तरक्रियामा कार्यक्रममा जि.आई.जे का दिपक अधिकारी र प्रदेश नं. ७ का पर्यटन विकास सम्बन्धि काम गर्न परियोजना अधिकृत अमृतसिंह कार्कीले जैविक विबिधता संरक्षण गर्न रामारोषन,बडिमालिका,रामारोषन,पोरेखगढी र बुढीनन्दालाई बिशेष संरक्षित क्षेत्र घोषण गर्नुपर्ने रस्थानिय तहबाट नितिगत निर्णय गर्नुपर्ने,बुढाकोर्धबाट केवलकार,मार्तडीमा होटेलबास,होमस्ट्यको व्यवस्था लगायत पर्यटन विकास संघ गठन गरी बाजुराको पर्यटन क्षेत्रमा विकास गर्न सुझाव दिएका छन् ।

पूर्णागिरी माई र सिद्धवावाको दर्शन गरी शतिmपिठकी देवी बडिमालिका माताको दर्शन र २२ पाटन अवलोकन गर्न बर्षनी हजारौँ पर्यटक भित्र्याउनका लागि अल्पकालिन,मध्यकालनि र दिर्घकालिन योजना ल्याउन लागेको नगर प्रमुख पदम बडुवालले बताए । अगामी पौष महिना भित्र पर्यटन तथा जैविकता सम्बन्धि अध्ययन गर्न योजना विद् ल्याएर छलफल बहस सहित ठोस कार्ययोजना बनाउन लागिएको बताईएको छ ।

अन्तक्र्रिया कार्यक्रममका उपप्रमुअ कविता बिष्ट,रेडियो पौरखीका अध्यक्ष एवंम पर्यटन पत्रकार संघ केन्द्रिय प्रतिनिध दयाराम पण्डित,रेडियो बाजुराका स्टेशन मेनेजर कृष्णओली,पत्रकार प्रेम रौले लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित