FLASH NEWS
  • Loading...

सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि सञ्चालन : राप्रपा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९१ पटक पढिएको
सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि सञ्चालन : राप्रपा

काठमाडौँ, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गरी मतदाता शिक्षाबारे यही कात्तिक १८ देखि २३ गतेसम्म सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्ने भएको छ ।

आगामी मंसिर १० र २१ गते हुने दुवै चरणका चुनावमा निर्माण गरिने मतदानस्थलमा मतदातालाई सहभागी भई पार्टीको चुनाव चिह्नमा मतदानका लागि आवश्यक रणनीति बनाउने तथा चुनाव केन्द्रित शिक्षा प्रदेश संगठनका अग्रज नेता तथा कार्यकर्तालाई दिन लागिएको छ ।

निर्वाचनमा संगठनका वैचारिक दृष्टिकोणलाई मतदाताको घरदैलोमा कसरी पु¥याउने भन्नेबारे आवश्यक रणनीति, लोकतान्त्रिक गठबन्धनमा पार्टी सहभागी हुनुका कारणसहित प्रदेश संगठनलाई जानकारी गराइने प्रशिक्षण विभाग प्रमुख एवं प्रवक्ता भुवन पाठकले बताए ।

मतदान केन्द्र सुरक्षित बनाउनका लागि संगठनले निर्वाह गर्नुपर्ने भूमिका तथा निर्वाचनमा पार्टीको संगठन कमजोर रहेका स्थानमा गठबन्धनकै उम्मेदवारलाई विजयी गराउन सम्बन्धित जिल्ला संगठनलाई केन्द्रबाट निर्देशन दिइएको छ ।

पार्टीले चुनाव जित्ने सम्भावना भएका स्थानमा लोकतान्त्रिक गठबन्धनको समन्वयमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि यस किसिमको अभियान चलाउन लागेको हो ।

पार्टीले लोकतान्त्रिक गठबन्धनसँग सहकार्य र समन्वयमा प्रत्यक्षतर्फ उम्मेदवार दिएका स्थानमा ‘निर्वाचनसम्बन्धी प्रशिक्षण’ समेत सञ्चालन गरिने छ । यही कात्तिक १३ र १४ गते म्याग्दीमा पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारी र प्रशिक्षण विभाग प्रमुख पाठकले प्रशिक्षण दिने कार्यक्रम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित