FLASH NEWS
  • Loading...

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६२ पटक पढिएको
तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै

तेह्रथुम, १३ कात्तिक । तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ ।गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ ।

व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताए । तेह्रथुममा  उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ लगायतका तयारी चियाले बजार पाउन थालेको छ । चियाखेतीबाट आम्दानी लिन नसकेपछि निराश बन्दै आएका कृषकले पछिल्लो समय मनग्य आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको तयारी चिया अहिले नेपालको काठमाडाँैलगायत पर्र्वतका बजारमा बिक्री हुँदै आएको छ । प्रशोधन केन्द्रको अभावमा बगानमै खेर गइरहेको हरियो मुना विगत पाँच वर्षदेखि लालिगुराँस नगरपालिका– ९ सोल्मामा स्थापना भएको अर्गानिक चिया प्रशोधन केन्द्रबाटै तयारी हुन थालेपछि आम्दानी लिन थालेका हुन् ।

स्वाद र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएका अर्गानिक चिया उत्पादन हुन थालेपछि चिया ग्राहकलाई पनि फाइदा हुने गरेको छ । सिटीसी चिया मात्र प्रयोग गर्दै आएकामा यतिबेला अर्थोडक्स चिया पिउनेको संख्या दिनप्रदिन बढ्दै गएको छ । कृषकले उत्पादन गरेको हरियो मुना अहिले प्रतिकिलो रु ५० देखि रु ५६ मा प्रशोधन केन्द्रले खरिद गरी तयारी चिया उत्पादन गर्दैआएको छ ।

शुरुका दिनमा आम्दानी लिन नसक्दा लगानी खेर गएको थिायो । अहिले पर्याप्त आम्दानी हुन थालेपछि कृषक चियाखेतीतर्फ आकर्षित भएका छन् । उत्पादनसँगै बजारीकरणमा ध्यान दिन सके कृषकको आर्थिक अवस्थामा सुधार आउने देखिन्छ । जिल्लामा उत्पादन भएको चियाले बजार पाए पनि दक्ष कामदार नहुँदा ग्राहकको माग पु¥याउन धौधौ भएको छ ।

दक्ष कामदारको अभावले पर्याप्त चिया उत्पादन गर्न नसकिएको कुलकुले चिया सहकारी संस्थाका सचिव डुडिन्द्र कटुवालले बताउनुभयो । यहाँ उत्पादन भएको तयारी चिया रु ६०० देखि रु सात हजारसम्ममा प्रशोधन केन्द्रबाटै बिक्री हुँदै आएको छ । जिल्लामा वार्षिक २५ हजार किलो तयारी चिया उत्पादन हुँदै आएको छ । जिल्लामा तीन हजार ८०० रोपनी क्षेत्रफलमा चिया खेती हुनेगरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित