FLASH NEWS
  • Loading...

यु–१९ एसिया कप फुटबल छनौट : नेपाल आज किर्गिस्तानसँग खेल्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८३ पटक पढिएको
यु–१९ एसिया कप फुटबल छनौट : नेपाल आज किर्गिस्तानसँग खेल्दै

काठमाडौं, कात्तिक १४ – उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे देखि किर्गिस्तानमा सुरु भएको छ ।

यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित