FLASH NEWS
  • Loading...

एएफसी यू–१९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
एएफसी यू–१९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित

एजेन्सी,१४ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ। क्वालिफायर अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल मंगलबार आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको हो।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि बोरुबाएभ गुल्जिगिटी र शुकुरोभ अलीमार्दोभले गोल गरे। खेलको २२औँ मिनेटमा बोरुबाएभले गोल गर्दै कीर्गिस्तानलाई अग्रता दिलाएका थिए। निर्धारित समयसम्म १–० ले पछि परेको नेपालले इन्जुरी टाइममा दोस्रो गोल खाएको हो।

नेपालका कप्तान तथा गोलरक्षक अर्पण कार्की अगाडि बढेको मौकामा इन्जुरी टाइमको पाँचौ मिनेटमा शुकुरोभले गोल गर्दै कीर्गिस्तनलाई २–० को जितसहित ३ अंक दिलाएका हुन्।

गत महिना भुटानमा साफ यू१८ च्याम्पियनसिप जितेको नेपाली यू –१९ टोली उच्च मनोबलका साथ कीर्गिस्तान पुगेपनि पहिलो खेलमै पराजित भएपछि अन्तिम चरणमा छनवट हुने लक्ष्यमा धक्का लागेको छ।

सोमबार प्रिम्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले नेपालको लक्ष्य छनोट हुने रहेको बताएङ्का थिए। नेपालले क्वालिफायरको दोस्रो खेलमा आगामी बिहिबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित