FLASH NEWS
  • Loading...

खेलकुद पत्रकार मञ्च गठन, अध्यक्षमा भानुभक्त अधिकारी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५९ पटक पढिएको
खेलकुद पत्रकार मञ्च गठन, अध्यक्षमा  भानुभक्त अधिकारी

सुर्खेत,१४ कात्तिक ।  पत्रकारितामार्फत खेल क्षेत्रलाई अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त को अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् ।
यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्यबहादुर सुनार रहेका छन् ।

मञ्च गठन गर्न भएको भेलामा खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य कमल खत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले सुर्खेतको पत्रकारिताले समग्र ६ नं. प्रदेशकै खेलकुद क्षेत्रको विकासका लागि कलम चलाउँनुपर्नेमा जोड दिएका थिए । अधिकारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पत्रकारकारिता विषयका उपप्राध्यापक समेत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित