FLASH NEWS
  • Loading...

नेपाली काङ्ग्रेस घरदैलोमा , बामगठबन्धन काठमाडौंमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
नेपाली काङ्ग्रेस घरदैलोमा , बामगठबन्धन काठमाडौंमा

रामेछाप,२५ कात्तिक । रामेछाप नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवार स्थानियको घरदैलोमा पुगेर जनतासग मत माग्न ब्यस्त देखिन्छन् भने बामगठबन्धनका उमेदवार काठमाडौंमा रहेका रामेछापको मतदातालाई लक्षित गरेर काठमाडौंमा पुगेका छन् ।

नेपाली काङ्ग्रेसको प्रतिनितिसभा सदस्यका उमेदवार पुर्णबहादुर तामाङ कान्छाराम र प्रदेश क तर्फका प्रदेशसभा सदस्यका उमेदवार रामेछापको उर्वको हिमाली भेगको गुम्देलको जनताको समस्या र आवस्यकता बुझेर पूरा गर्ने विस्वास दिलाउदै जनता मन जित्न कोसिस गर्दै मत मागिरहेका छन् ।

त्यस्तै प्रदेश ख तर्फका काङ्ग्रेसको उमेदवार जित बहादुर मगर तामाकोसीको किनारमा रहेका लोपउन्मुख जाति माझी बस्तिमा पुगेर माझिको समस्या र आवस्यकता बुझ्दै पूरा गरा गर्ने बाचन सहित मत माग्न ब्यस्त रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेलले बताए ।

यता बामगठबन्धन काठमाडौं रामेछाप सम्पर्क समितिलले काठमाडौंको बुद्ध नगरमा आयोजना गरेका चुना सभालाई सम्बोदन गर्न बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उमेदवार स्याम कुसल श्रेष्ठ , प्रदेश क का उमेदवार शान्ति प्रसाद पौडेल र प्रदेश ख तर्फका उमेदवार कैलाश ढुङ्गेल भने काठमाडौंमा रहेका रामेछापका उद्योगी ,व्यापारी र विभिन्न पेशामा आबद्द भएर काठमाडौंमा बसेकाहरुलाई लक्षित गरेर मत माग्न काठमाडौंमा कार्यक्रम गर्न पुगेको बामगठबन्धन काठमाडौ रामेछाप सम्पर्क समितिका सचिव राकेश श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित