FLASH NEWS
  • Loading...

सुरक्षा चुनौती बढ्यो, सतर्क रहन आफै सुरक्षित रहन आग्रह

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८५ पटक पढिएको
सुरक्षा चुनौती बढ्यो, सतर्क रहन आफै सुरक्षित रहन आग्रह

काभ्रे २८ कात्तिक। प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको बताएका छन् । काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गरेका छन् ।

सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गरे । सोही कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताए । शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचना शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित