FLASH NEWS
  • Loading...

महेन्द्र र गजेन्द्र मिले अनि विसीलाई निले

  • गोल्डेन खबर
  • ६ साल अघि
  • २७० पटक पढिएको
महेन्द्र र गजेन्द्र मिले अनि विसीलाई निले

काठमाडौं । सरकार परिवर्तनको लगभग अन्तिम समय । गत हप्ताको मन्त्री परिषद्को वैठकमा निकै नै रडाको मच्चियो । सरकारका अधिकांश मन्त्रीहरु आक्रोशित मुद्रामा मन्त्रालयका सचिवहरु माथि आगो ओकल्दै थिए । क्याविनेट नै उचाल्ने गरि, उनीहरुको गुनासो थियो सचिवहरुले आफुलाई नटेर्ने । यहि गुनासो पोख्दै गर्दा भने राप्रपाका तर्फवाट मन्त्री वनेका दिलनाथ गिरीले भने मन्त्री पदवाट हात धुनु परेको थियो ।
यी सवै गुनासाहरुको पछाडिको एउटै कारण भने मन्त्रालयमा आफु अनुकुल सचिव नहुनु नै थियो । सचिवहरु माथि सवैजसो मन्त्रालयका तर्फवाट गुनासोहरु थोपरिरहेकै मौकामा खानेपानी तथा सरसफाई मन्त्रालयका मन्त्री महेन्द्र यादवले सो मन्त्रालयका सचिव कृष्णराज विसीलाई सरुवा गरेर आफु अनुकुल हुने गरि गजेन्द्र कुमार ठाकुरलाई ल्याएकाछन् । सचिव वि.सी आफु सरुवा हुने अघिल्लो दिन मात्रै नगरकोटमा आयोजित एक कार्यक्रमको प्रमुख अतिथि वनि फर्केका थिए । त्यसको भोलिपल्ट विराटनगर पुगेका उनीले आफ्नो सरुवा भएको सुइको सम्म पाएनन् । अचानक आफ्नो सरुवाको खवरले अचम्मित वनेको विसीले खै मलाई मन्त्रीले किन यसो गरेका हुन् कुन्नी भनेर आफ्ना निकटतमहरु संग गरेको गुनासो भने सुन्न लायक नै थियो ।

त्यसो त खानेपानी मन्त्रालयका तत्कालिन सचिव भीमप्रसाद उपाध्याय रिटायर भए पछि सो मन्त्रालयका सचिव वनेका विसी प्रति उनकै कर्मचारीहरुको व्यापक गुनासाहरु वाहिर आएका थिए । सचिव विसीको पालामा मन्त्रालयले खासै उपलव्धी हासिल नगरे वरु उनीसंग कर्मचारीहरु रुष्ट भएकोे एक उच्च पदस्थ कर्मचारीले वताएका छन् । सचिव विसीलाई अहिले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा सरुवा गरिएको छ ।

विसी प्रति सवैका गुनासाहरु रहिरहेका वेला मन्त्री यादवले भने ठाकुरलाई ल्याएका छन् । संघीय संरचनामा अनुसार केन्द्रमा धेरै मन्त्रालयहरु गाभिने भएको र खानेपानी मन्त्रालय पनि नरहने चर्चा चलिरहेको वेला मन्त्री यादवले ठाकुरलाई सो मन्त्रालयमा ल्याएको र यसको लागि ठाकुरले ठुलै रकम भेटी चढाएको हुन सक्ने नाम उल्लेख नगर्ने सर्तमा एक ठाकुर निकटको भनाई रहेको छ ।

समयानुकुल आफुलाई चलाउन सक्ने ठाकुरले आफ्नो फाइदाको लागि व्रिफकेस द्वारा खातिरदारी गर्न माहिर भएकोले मन्त्री र मन्त्रालय अनुसार फाइदा लिन सक्ने खुवी भएका सचिव मानिन्छन् । उनी जहाँ गए त्यहाँ विवादास्पद छवि वनाएका ठाकुरले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक हुँदा होस् या सिचाई मन्त्रालयमा सचिव रहँदा होस् विवादित वनिरहे । उनलाई नजिकवाट नियाल्नेहरुका अनुसार मन्त्री यादवको गतिलै जी हजुरी गरेवापत हाल शान्ति मन्त्रालयवाट खानेपानी मन्त्रालयमा सरुवा मिलाएका ठाकुरले सो मन्त्रालयमा कस्तो व्यवहार गर्ने हुन् त्यो भने हेर्न नै वाकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित