FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीलाई तरुण दलको ९ बुँदे ज्ञापनपत्र

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १८२ पटक पढिएको
प्रधानमन्त्री ओलीलाई तरुण दलको ९ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल तरुण दलले नेपालीहरुको महान चाड बडादसैंको मुखैमा गरिएको मूल्यवृद्धि, कालोबजारी र तस्करी नियन्त्रणका लागि सरकारसँग माग गरेको छ ।तरुण दलले आइतबार जिल्ला प्रशसन कार्यालय काठमाडौंमार्फत् ज्ञापनपत्र बुझाउँदै सरकारसँग मूल्यवृद्धि, कालोबजारी र तस्करी नियन्त्रणका लागि माग गरेको हो ।

नेपालीहरुको महान चाड बडादसैंको मुखमा आएर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुमा सरकारले गरेको मूल्यवृद्धि र महंँगीले नागरिकलाई निकै मार परेको तरुणदलले स्थानीय प्रशसनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

दसैंको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, कालोबजारी र तस्करीलाई नियन्त्रण र कारवाही गरिनुपर्ने, ७५३ वटै स्थानीय तहमा अति आवश्यकीय दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने गरी सुपथ मूल्य पसलको व्यवस्था हुनुपर्ने तरुण दलले माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित