FLASH NEWS
  • Loading...

प्रतिपक्ष र सत्ताको जुहारी अन्त्य हुनुपर्छ : मन्त्री अधिकारी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १९२ पटक पढिएको
प्रतिपक्ष र सत्ताको जुहारी अन्त्य हुनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्नुपर्ने वेला आएको बताएका छन्। संघीय गणतन्त्रको मर्म आर्थिक समृद्धि सहितको दिगो विकास भएकाले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्दै मिलेर काम गर्नु पर्नेमा मन्त्री अधिकारीले जोड दिएका छन ।

बागलुङको बडिगाड गाउँपालिकामा शनिबारदेखि सुरु भएको प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उद्घाटन गर्दै उनले जनचाहना अनुसारको काम गर्न सरकार प्रतिबद्ध रहेको बताए।

बिगतका सरकार सञ्चालकहरुले सरकार सञ्चालनमा बनाइएका खाल्डा पुर्दै जाँदा जनताका बीचमा गरेका प्रतिवद्धता अनुरुप काम गर्न समय लागेको उनको भनाई थियो। उनले निर्वाचनका बेला नेकपा नेतृत्वले गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने विश्वास व्यक्त गरेका छन ।

बागलुङ भित्रका दुर्गम ठाउँलाई जोड्ने मार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्गको कामलाई गति दिन पहल गर्ने भन्दै अधिकारीले ढोरपाटन सालझण्डी सडक निर्माणको कामलाई गति दिने बताए।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित