FLASH NEWS
  • Loading...

कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १९२ पटक पढिएको
कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता

काठमाडौं । राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले संशोधन दर्ता गरेको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले आज संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले विधेयकमा दुईवटा संशोधन दर्ता भएको  जानकारी दिए । सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी ९राजपा०का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो । सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डा। गोविन्द केसी २३ दिनदेखि अनसनमा छन् । दुबै संशोधनमा डा। केसीले उठाएका मुद्दालाई सम्बोधन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित