FLASH NEWS
  • Loading...

गुणस्तरीय शिक्षा दिन नसक्ने सार्वजनिक विद्यालयका शिक्षकहरुलाई पेशा छाड्न चेतावनी

  • गोल्डेन खबर
  • ४ साल अघि
  • २०८ पटक पढिएको
गुणस्तरीय शिक्षा दिन नसक्ने सार्वजनिक विद्यालयका शिक्षकहरुलाई पेशा छाड्न चेतावनी

विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा दिन नसक्ने सार्वजनिक विद्यालयका शिक्षकहरुलाई पेशा छाड्न चेतावनी दिएका छन् । उनले विद्यालयलाई जागिर खाने थलोमात्र नबनाउन शिक्षकहरुलाई आग्रह गर्दै गुणस्तरीय शिक्षा दिन नसक्नेले पेशा परिवर्तन गर्दा राम्रो हुने सुझाव पनि दिए । मन्त्री पोखरेलले सरकार सबै नागरिकसम्म गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न प्रयासरत रहेको बताए । सरकार सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत छ, प्रेस संगठनले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेले भने, ‘गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकले पेशा परिवर्तन गर्नुपर्छ ।

विद्यालय कुनै जागिर मात्र खाने थलो होइन भन्ने उनीहरुले बुझ्नुपर्छ । मन्त्री पोखरेलले सक्षम शिक्षकको अभावमा गुणस्तरीय शिक्षा हुन नसक्ने स्पष्ट गरे । यद्यपि शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धिका लागि सरकारले छुट्टै कार्यक्रम ल्याएको पनि उनले बताए । फरक प्रसंगमा मन्त्री पोखरेलले शिक्षालाई सिप, प्रविधि र श्रमसँग जोड्नुपर्ने खाँचो औंल्याए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित