FLASH NEWS
  • Loading...

नेपाल भ्रमण वर्ष २०२० ले मुलुक तात्यो ,पूर्वाधार र बन्दोबस्तका समस्या मुख्य चुनौति

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १९३ पटक पढिएको
नेपाल भ्रमण वर्ष २०२० ले मुलुक तात्यो ,पूर्वाधार  र बन्दोबस्तका समस्या मुख्य चुनौति

अंगे्रजी वर्ष २०२० को पहिलो दिन जनवरी १, पर्यटन क्षेत्रको ऐतिहासिक औपचारिक दिन हो । समृद्धिको सपनाको आधार पर्यटनबाटै संभव देखेको राज्य यतिबेला विदेशी पाहुनाको स्वागत गर्न निकै आतूर छ । पूर्वाधार र बन्दोबस्तका यावत समस्या नभएका पनि होइनन् । तर विदेशी पाहुनालाई समस्याको बीचमा पनि आतिथ्यता दिने सरकारी योजना हो

भ्रमण वर्षका लागि सरकारले ६१ करोड ७४ लाख बजेट विनियोजन समेत गरेको छ । मुल आयोजक समिति, प्रदेश पर्यटन प्रवद्र्धन समिति हुर्दै जिल्ला र स्थानीय तहमा संयन्त्र समेत बनाएको छ सरकारले । राष्ट्रिय पर्वको रुपमा मनाउने महत्वकांक्षी सपना देखेको सरकारले आवस्यक सबै तयारी सकेको छ । प्रचाारात्मक हिसाबले सबै तयारी गरेको सरकारका अगाडि पूर्वाधार र बन्दोबस्त समस्या नै छ । यद्यपी सरकारले सागको जस्तै भव्य तयारी भएको दाबी छ ।

भ्रमण वष मनाउने सन्दर्भमा सरकार एक कदम अघि बढेर दशक वर्षको रणनीतिमा जुटेको छ । सन २०३० सम्ममा एक करोड विदेशी पर्यटक भित्र्याउने उद्घोष गर्दै सरकारले थप महत्व दिएको छ । सरकारको भनाई अनुसार नेपाल भ्रमण २०२० अन्तिम होइन, यो भ्रमण वर्ष दशकको शुरुवाती हो । दशक वर्षको शुरुवातीको रुपमा लिएको भ्रमण वर्ष २०२०को औपचारिक कार्यक्रम देशभर तहगत रुपमा तय भएका छन् । संघीय सरकारले दशरथ रंगशालामा औपचारिक उद्घाटन गर्ने भएको छ । राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ ।
त्यसैगरि प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भव्य उद्घाटन गर्ने तयारी छ ।समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना छ ।


त्यर्सैगरि प्रदेश २ को उद्घाटन जनकपुर धाममा हुने भएको छ । प्रदेश २ ले विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ । त्यस्तै प्रदेश ३ ले चितवनको सैराहमा हुने कार्यक्र छ ।प्रदेश ३ सरकारले सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारले पोखरामा विशेष कार्यक्रम उद्घाटन तय गरेको छ ।प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ ।
त्यस्तै प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा समेत गरेको छ ।विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ ।

उता एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कर्णाली प्रदेश जुटेको छ । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यसैगरि सुदूरपश्चिम प्रदेशले धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा कार्यक्रम गदैछ । कार्यक्रम सुदूरपश्चिमको कला र संस्कृतिक झाँकी प्रदर्शन हुनेछ । सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने छ यसरी भ्रमण वर्ष मनाउने सरकारी तयारी जति अवसरको रुपमा । यत्ति २० लाख पर्यटक भित्र्याउने र बसाइ अवधि १४ दिन र खर्च ६५ अमेरिकी खर्च औसत पुराउने मुख्य चुनौति छ । करोडौ खर्च गरेको सरकारले भ्रमण वर्षले औसतमा पर्यटक भित्र्याउन नसक्ने हो कि भन्ने चिन्ता जिवितै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित