FLASH NEWS
  • Loading...

नेपालकै ठूलो जातो,जातो हेर्न पर्यटकको घुईचो

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ४०६ पटक पढिएको
नेपालकै ठूलो जातो,जातो हेर्न पर्यटकको घुईचो

भूमिका पाख्रिन

कुनै समय दैनिक प्रयोगमा आउने जँतो हाल प्रयोग विहीन बन्दै गएको पाइन्छ । ग्रामिण एवम् विकट क्षेत्रमा प्रयोगमा आइरहेको जातो अहिले वढ्दो सहरीकरण र वैज्ञानकि प्रविधिको विकास संगसंगै लोप हुने क्रममा छ । तर, जातोबाट नै नामाकरण भएको मोरङको जातेमा हाल नेपालकै सबै भन्दा ठूलो जातो निर्माणकाको काम अन्तिम चरणमा पुगेको छ ।

देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दुरीमा रहेको लेटाङमा जातो हेर्न अहिले पर्यटकको घुईचो हुन थालेको छ । प्रदेश नम्बर १ सरकारको १० लाख र स्थानीयहरुबाट ४ लाख बराबरको जनश्रमदानबाट जातो निमाण भएको हो । करीब १५ धुर क्षेत्रफलमा फैलिएको जातोको निमाणधिन क्षेत्रमा पार्क पनि निर्माणको क्रममा रहेको लेटाङ नगरपालीका वडा नम्बर नौ का वडा अध्यक्ष कृष्ण लुईटेलले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित