FLASH NEWS
  • Loading...

भवनकाे उद्घाटन नगरी फर्किए शिक्षामन्त्री, ‘कोरोनाको त्रास छ, यो कार्यक्रम यहीँ स्थगित हुन्छ’

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १८७ पटक पढिएको
भवनकाे उद्घाटन नगरी फर्किए शिक्षामन्त्री, ‘कोरोनाको त्रास छ, यो कार्यक्रम यहीँ स्थगित हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको या.ल.ना. विद्यापीठ मटिहानी महोत्तरीमा नवनिर्मित शिक्षण भवनको उद्घाटन स्थगित गरेका छन्।

शनिबार मञ्चमा उभिएर उनले भवनको उद्घाटन स्थगित गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कोरोना भाइरसले नेपालसमेत उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन तत्काल कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।

उनले कोरोनालाई त्रासका रुपमा नलिई सावधान र सुरक्षित रहन आग्रह गरे।

मञ्चमा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, उपकुलपति प्रा.रमेशप्रसाद ढकाल लगायत सहभागी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित