FLASH NEWS
  • Loading...

काठमाडौं उपत्यकामा १५ जना सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ३३८ पटक पढिएको
काठमाडौं उपत्यकामा १५ जना सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताए ।

देशभरीका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित