FLASH NEWS
  • Loading...

काठमाडौँ उपत्यका सहित चार जिल्लामा एकै दिन थपिए ५० भन्दा बढी संक्रमित

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६८ पटक पढिएको
काठमाडौँ उपत्यका सहित चार जिल्लामा एकै दिन थपिए ५० भन्दा बढी संक्रमित

काठमाडौँसहित चार जिल्लामा ५० जनाभन्दा बढी संक्रमित थपिएका छन् । यसरी ५० भन्दा बढी संक्रमित थपिएका जिल्लाहरुमा धनुषा, मोरङ, पर्सा र काठमाडौँ रहेका छन् ।

जिल्ला अनुसार धनुषामा ५५, मोरङ ६३, सुनसरी २४, सप्तरी १४, झापा ९, सिरहा ३, महोत्तरी २४ , सर्लाही १४, सिन्धुली ११, सिन्धुपाल्चोक १, रौतहट ५ , उदयपुर १, बारा २४ , पर्सा ७१, भक्तपुर ६, काठमाडौँ ८३, ललितपुर ३०, नुवाकोट १, बाजुरा १, चितवन १४ , धादिङ १, हुम्ला १, कैलाली ४, मकवानपुर १८, रुपन्देही १४, नवलपरासी पूर्व २, तनहुँ २२ , दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, बाँके २२, बर्दिया ५, सुर्खेत २१, कपिलवस्तु ५, अछाम ६, कैलाली ५, कञ्चनपुर २, सल्यान १, दैलेख ३ र बझाङमा १ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित