FLASH NEWS
  • Loading...

काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी एक युवकको हत्या

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६१ पटक पढिएको
काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् ।

तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने लक्ष्मणको हत्या गरेको बताइएको छ ।

दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा विवाद भएको थियो । पसलेले प्रहरीलाई बताए अनुसार दुई जनाबीच भनाभनपछि झगडा भएको थियो ।

मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित