FLASH NEWS
  • Loading...

बागलुङको निसीखोलामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९५ पटक पढिएको
बागलुङको निसीखोलामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

लगातारको वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोलामा दुई जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ का हिराबहादुर विकको घर शनिबार बिहान २ बजे पहिरोले पुरिँदा दुई जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय छोरा वीरेन्द्र विक र हिराबहादुरका नाति ६ वर्षीय प्रवेश विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
पहिरोमा परी हिराबहादुरकी श्रीमती दिलसरा घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धार गरेका थिए । घटनास्थल सदरमुकामदेखि करिब १ सय ३० किलोमिटर पश्चिममा पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित