FLASH NEWS
  • Loading...

मनमैजुमा छुरा हानेर भागेका शेर्पा पक्राउ

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ५८ पटक पढिएको
मनमैजुमा छुरा हानेर भागेका शेर्पा पक्राउ

 शुक्रबार राति काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी एक जनाको हत्यामा संलग्न रहेका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आज गोंगवुको सुकुम्बासी टोल क्षेत्रबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए। पक्राउ पर्नेमा २४ वर्षीय आङदोर्जे शेर्पा छन्। उनी माइक्रो चालक रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेका अरू तीन जनालाई यसअघि नै प्रहरी पक्राउ गरिसकेको थियो। शेर्पा भने फरार भएका थिए। मनमैजुमा शुक्रबार राति साढे ८ बजे नुवाकोटका लक्ष्मण तामाङलाई छुरा प्रहार गरिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेका तामाङको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। खाजा खाइरहेको समयमा शेर्पा र तामाङ पक्षबीच विवाद भएपछि उनीमाथि छुरा प्रहार भएको थियो। ‘घटनामा संलग्न चारै जना पक्राउ परिसकेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ,’ महाशाखाका एसएसपी थापाले भने।

हत्या गरिएका व्यक्तिको शव ग्रीनसिटी अस्पतालमा नै रहेको र अब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याउने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित