FLASH NEWS
  • Loading...

देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १०७ पटक पढिएको
देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।

आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित