FLASH NEWS
  • Loading...

पहिरोजाँदा दैलेखमा दुई जनाको घरभित्र पुरिएर मृत्यु

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९७ पटक पढिएको
पहिरोजाँदा दैलेखमा दुई जनाको घरभित्र पुरिएर मृत्यु

दैलेखका दुई अलग– अलग स्थानमा गएराति परेको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको ठाटीकाँध गाउँपालिका– ४ गैरे–गाउँमा गएराती करीब साढे ११ बजे गएको पहिरोले स्थानीय टिकाराम कठायतको घर बगाउँदा उनका छोरा १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ ।

त्यस्तै ५० टिकाराम कठायतसहित श्रीमति ४५ वर्षीय धनसरा कठायत, छोरी १७ वर्षीय बेल कठायत र अर्का छोरा १५ वर्षीय समसेर कठायत घाइते अवस्थामा भेटिएको स्थानीय वीरेन्द्रबहादुर कठायतले जानकारी दिए । 

पहिरोमा परी मृत्यु भएका जनकको घरमा आएका स्थानीय दानबहादुर कठायतका ११ वर्षीय छोरा लोकेश अहिले पनि वेपत्ता रहेको प्रहरीले बताएको छ । सोही ठाउँकै ३४ बर्षिय महेन्द्र बहादुर शाही, २३ बर्षका गम्म नेपाली पनि घाइते भएका छन्  । 

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीका अनुसार घाइतेको पूर्ण बिबरण आइसकेको छैन । अहिले प्रहरीको टोली घटना स्थलतर्फ गइसकेको उनले बताए । 

उनका अनुसार पुर्वीभागमा पर्ने भगवतीमाइ गाउँपालिका –५ कट्टीमा पहिरोले घर पुरिंदा ६६ वर्षीय बलबहादुर रावतको  मृत्यु भएको छ । वडा अध्यक्ष रमेश बहादुर सिजापतीका अनुसार पहिरोले ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ ।  घरभन्दा माथिबाट पहिरो खसेकाले टिकारामका दुई ओटा घरमा पूर्णरुपमा क्षति भएको छ धनमाल पहिरोमै हराएको छ ।

यसैगरी अन्य चार ओटा घरमा पनि केही मात्रामा क्षती भएको छ ।त्यस्तै गएराति आएको पहिरोले यहाँको हाइड्रो पावरको पावर हाउसमा समेत क्षति पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित