FLASH NEWS
  • Loading...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिमा अन्त्येष्टि गरिँदै

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६२ पटक पढिएको
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिमा अन्त्येष्टि गरिँदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेको शवलाई अहिले केहीबेरपछि पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरेर उनको अन्त्यष्टि गरिँदैछ ।
गतवर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित