FLASH NEWS
  • Loading...

बालिकालाई अपहरण गरी बलात्कार

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १२८ पटक पढिएको
बालिकालाई अपहरण गरी बलात्कार

बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन ।
विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताउनुभयो । पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित