FLASH NEWS
  • Loading...

सेभिया छैटौं पटक युरोपा लिग च्याम्पियन

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८१ पटक पढिएको
सेभिया छैटौं पटक युरोपा लिग च्याम्पियन

स्पेनिस ला लिगा फुटबल क्लब सेभिया छैटौं पटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार राति जर्मनीमा भएको रोमाञ्चक फाइनल खेलमा सेभियाले इटालियन सिरी ए क्लब इन्टर मिलानलाई ३–२ ले हराउँदै उपाधि जितेको हो । यससँगै सेभिया समग्रमा छैटौं पटक युरोपा लिगको च्याम्पियन बनेको छ । यता हारसँगै मिलानको चौथो पटक उपाधि जित्ने सपना भने चकनाचुर भयो ।

जर्मनीको रहिम इनर्जी स्टेडियममा भएको उपाधि भिडन्तमा मिलानले खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि सेभियाले उपाधि पक्का गरेको थियो । निकै रोमाञ्चक खेलमा पहिलो हाफमै ४ गोल भएका थिए ।

खेलमा अग्रता भने मिलानले लिएको थियो । खेल सुरु भएको पाँचौं मिनेटमै सेभियाका खेलाडीले बक्समा मिलानका रोमेलु लुकाकुलाई फाउल गरेर लडाएपछि पाएको पेनाल्टीमा लुकाकु आफैले प्रहार गर्दै टिमलाई १–० को अग्रता दिलाए । तर, १२औं मिनेटमै सेभियाका लुका डे जोङले दर्शनीय हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यस्तै, खेलको ३३औं मिनेटमा सेभियाले डे जोङको व्यक्तिगत दोस्रो गोलमार्फत अग्रता लियो । तर, खेलमा अग्रता लिएको दुई मिनेटपछि नै मिलानका लागि डिएगो गोडिनले हेडिङमार्फत् बराबरी गोल फर्काए । खेलको ७४औं मिनेट भने मिलानका लागि दुर्भाग्यपूर्ण रह्यो । मिलानका फरवार्ड लुकालुले आफ्नै पोस्टमा गोल हाने । सेभियाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई क्लियर गर्नेक्रममा बल लुकाकुको खुट्टामा लाग्दै गोलपोस्टमा छिरेपछि सेभियाको तेस्रो गोल सम्भव भयो । त्यसपछि मिलान खेलमा फर्कन सकेन र सेभियाले उपाधिमा नाम लेखाउन सफल भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित