FLASH NEWS
  • Loading...

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

  • गोल्डेन खबर
  • ३ साल अघि
  • २१३ पटक पढिएको
शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको बताए ।

उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित