FLASH NEWS
  • Loading...

समान धारणा बनाउन प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

  • गोल्डेन खबर
  • २ साल अघि
  • १८८ पटक पढिएको
समान धारणा बनाउन प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


शुक्रबार सम्पन्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

एमालेकै कारण सत्ता गठबन्धन आउँदो बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने निष्कर्षमा पुगेका छन् । सोही स्थानीय तहको निर्वाचन सम्बन्धमा दलहरुको धारणा बुझ्न र समान धारणा बनाउन प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आउँदो बैशाखभित्र गर्न सरकारलाई गरेको प्रस्तावबारे राजनीतिक दलहरुको समान धारणा बनाउन प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ । सर्वदलीय बैकठमा एमालेको सहभागिताबारे नरहने बताउँखै आएको छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।
एमालेका उपाध्यक्ष सुवास नेम्बाङले आफ्नो पार्टीको नीतिमा परिवर्तन नभइसकेको बताउँदै आज प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी नहुने जानकारी दिए । एमाले टुक्रिएर बनेको एकीकृत समाजवादी सहभागी हुने बैठक र छलफलमा सहभागी नहुने एमालेको नीति रहेको छ ।

‘राजनीतिक स्थिति र परिस्थितिमा फेरबदल भएको छैन’, उनले भने, ‘त्यसैले एमालेको नीतिमा परिवर्तन भएको छैन। आजको सर्वदलीय बैठकमा पनि एमाले सहभागी हुँदैन।’

उनका अनुसार संसद सञ्चालन सम्बन्धमा एमालेको माग सम्बोधन नभएसम्म वर्तमान सरकार र सभामुखले बोलाउने कुनै पनि बैठक र छलफलमा एमाले सहभागी हुनेछैन।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको एमालेले प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकसमेत बहिस्कार गर्दै आएको छ। एमाले सभामुख अग्निप्रसाद सापकोटाले संसद खुलाउन बोलाएको सर्वदलीय बैठकमा समेत सहभागी भएको छैन ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिले प्रधानमन्त्री देउवालाईे तीनै तहको निर्वाचन एकैपटक गर्न दबाब दिँदै आएको छ । उक्त बैठकमा सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले संघको निवार्चनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन् ।

तर स्थानीय तहका निर्वाचित जनप्रतिनिधि म्याद आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि सत्ता गठबन्धनमा आवद्ध दलहरु एमालेले संसदमा निरन्तर अवरोध गरेर त्यसको औचित्य समाप्त गर्ने लक्ष्यमा रहेकाले स्थानीय तहको निर्वाचनअघि संघको निर्वाचन गर्नुपर्ने पक्षमा अडान लिँदै आएका छन् । कानुनी र संवैधानिक अड्चनले स्थानीय तहको निर्वाचन पछाडि धकेल्नेबारे प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा राजनीतिक दलहरुको धारणा बुझ्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित