FLASH NEWS
  • Loading...

बाढीपछि पुनः ट्राउटमा फर्किन थाले हेलम्बुका युवा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३४९ पटक पढिएको
बाढीपछि पुनः ट्राउटमा फर्किन थाले हेलम्बुका युवा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु केही समय यता ट्राउट हब बन्दै गएको छ । हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको छ

सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले ट्राउट फार्ममा लगानी बढाउँदै गएका छन् । उनीहरुले एउटा ट्राउट फार्मु का लागि मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए। मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो।

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्‍याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो।

उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए। सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन्।

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन्।

भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका दुई अर्ब रुपैयाँभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए।

अहिले हेलम्बुको तिम्बुसहितका चार स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन्। अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण चलिरहेको छ। केही फार्ममा भर्खर भुरा माछा हालिएको छ।

ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग बताए।

मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन्।

करोडौँ ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित