FLASH NEWS
  • Loading...

पाकिस्तानमा बाढीबाट जीवन गुमाउनेको संख्या हजार नाघ्यो

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७३ पटक पढिएको
पाकिस्तानमा बाढीबाट जीवन गुमाउनेको संख्या हजार नाघ्यो

काठमाडौं । पाकिस्तानमा बाढीबाट जीवन गुमाउनेको संख्या हजार नाघेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बाढीको कारण अहिलेसम्म ३ सय बालबालिकासहित एक हजारभन्दा बढीको मृत्यु भएको छ।

सरकारी तथ्यांक उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ।

सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीको असर सबैभन्दा धेरै देखिएको छ। अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरेका छन् र त्यहाँका मानिसहरुको सहयोगका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

सेना प्रमुख जनरल कमर जावेद बाजवाले बलुचिस्तानको भ्रमण गरेका छन्।

प्रधानमन्त्री शरिफले बाढीको कारण उत्पन्न परिस्थितिको विषयमा छलफलका लागि सोमबार सर्वदलीय बैठक बोलाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित