FLASH NEWS
  • Loading...

तीज खर्चिलो र भड्किलो बन्दै, राष्ट्रपतिको चिन्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • २४२ पटक पढिएको
तीज खर्चिलो र भड्किलो बन्दै, राष्ट्रपतिको चिन्ता

|sf7df8f}F, ! ;fpg M lqe'jg ljZjljBfno lrlsT;f zf:q cWoog ;+:yfgsf] :j0f{hoGtL ;df/f]x /fi6«klt ljBfb]jL e08f/L cfOtaf/ /fhwfgLdf cfof]lht lqe'jg ljZjljBfno lrlsT;f zf:q cWoog ;+:yfgsf] %)cf}F :j0f{hoGtL ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

तीजका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन्।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताएकी छन्।
उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु।’

तीज अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र सौभाग्यका लागि कामना गरेकी छन्।

उनले भनेकी छन्, ‘हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने

यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ।’

परापूर्वकालदेखि अवलम्बन गरिएका रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान रहेको कुरा उनले उल्लेख गरेकी छन्।

आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको उनले बताएकी छन्।

तीजजस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले अगाडि भनेकी छन्, ‘हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित