FLASH NEWS
  • Loading...

ओलीद्वारा बुबाबाट टीका ग्रहण

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६५ पटक पढिएको
ओलीद्वारा बुबाबाट टीका ग्रहण

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका दमकस्थित आफ्नै निवासमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको छ ।

अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीको हातबाट उहाँ र श्रीमती राधिका शाक्यले गृहजिल्ला झापा दमक ९, शान्तिमार्ग निजी निवासस्थित उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गर्नुभएको हो ।

ओलीले बुबाको हातबाट टीका ग्रहण गरे लगत्तै बालबालिका, राजनीतिक दलका नेता तथा कार्यकर्ता। सुरक्षाकर्मी, कर्मचारीसहित विभिन्न व्यक्तिलाई टीका लगाइदिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित