FLASH NEWS
  • Loading...

राष्ट्रपतिद्वारा गुरुको हातबाट दशैंको टीका ग्रहण

  • गोल्डेन खबर
  • १ साल अघि
  • २०६ पटक पढिएको
राष्ट्रपतिद्वारा गुरुको हातबाट दशैंको टीका ग्रहण

|sf7df8f}F, !( c;f]h . /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejgdf cfof]lht 6Lsf sfo{qmddf ljhof bzdL lbg a'waf/ /fi6«klt sfof{nodf sfo{/t ;'/IffsdL{nfO{ 6Lsf tyf k|;fb nufO{ lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंको टीका ग्रहण गर्नुभएको छ । बडा दशैं २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिनु भएका छ । राष्ट्रपति कार्यालयमा पारीवारिक पछि विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भइरहेको छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित