FLASH NEWS
- Loading...
काठमाडौंमा चिसो झन् बढ्यो
- गोल्डेन खबर
- ८ महिना अघि
- ९३ पटक पढिएको

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो झन् बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम शनिबार यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस देखिएको हो।
मौसमविद्का अनुसार यो वर्षअन्तर्गत उक्त तापक्रम अहिलेसम्मकै कम हो। यसअघि सबैभन्दा कम तापक्रम अस्ति बिहीबार ३ डिग्री सेल्सियस थियो। त्यसयता यस वर्षअन्तर्गत अहिलेसम्मकै कम न्यूनतम तापक्रम आज २।५ डिग्री सेल्सियस देखिएको हो।
महाशाखाका अनुसार देशभर दैनिक रूपमा क्रमशः चिसो बढ्ने र तापक्रम घट्ने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस