FLASH NEWS
  • Loading...

भारत लगेर बेचिएका ९ महिलाको उद्धार

  • गोल्डेन खबर
  • १ साल अघि
  • २२६ पटक पढिएको
भारत लगेर बेचिएका ९ महिलाको उद्धार


काठमाडौं । भारतमा लगेर बेचिएका ९ महिलालाई प्रहरीले उद्धार गरेको छ । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखन गरी देहव्यापारमा लगाइएका ९ महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेको हो ।

अनुसन्धान ब्यूरोले भारतबाट ९ महिला र एक बच्चालाई उद्धार गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरूसँग सोधपुछ गरी बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उहाँले जानकारी दिनुभएको छ ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पङ्गेनीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित