FLASH NEWS
  • Loading...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३५९ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ हवाई इन्धन ९ १० रुपैयाँ घटाइएको जनाएको छ। घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल १ सय ७५ रुपैयाँ प्रतिलिटरमा पाइनेछ । डिजेल र मट्टितेल १ सय ७० रुपैयाँ हवाई इन्धन १ सय ६० रुपैयाँ कायम भएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत १ हजार ८ सय रुपैयाँ नै राखिएको छ। निगमका अनुसार ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि प्रति सिलसण्डर ५ सय ४५ रूपैयाँ घाटा छ । तर पनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ अप्रिल, २०२३ (चैत १८, २०७९) मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल पदार्थको रकम घटेर आएको हो।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने वक्यौता रकम करिब १४ अर्ब रुपैयाँ बाँकी रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित