FLASH NEWS
  • Loading...

फेरि बढ्यो सुनको मूल्य

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९९ पटक पढिएको
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनचाँदीको मूल्य बढेको हो । बुधबार सुन तोलाको एक सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित