FLASH NEWS
  • Loading...

बैंकको ब्याज वैशाखदेखि फेरि घट्ने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४७ पटक पढिएको
बैंकको ब्याज  वैशाखदेखि फेरि घट्ने


काठमाडौं । बैंकको ब्याज वैशाख १ गतेदेखि घट्ने भएको छ । बैंकको निक्षेप ब्याजदर एकल अंकमा ल्याइने भएको हो ।

नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले १ वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राख्ने निर्णय गरेको छ ।

वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९।९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७।९९ प्रतिशत कायम गर्ने निर्णय भएको संघका उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिनुभएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकले त्यसमा १।०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका छन्

उपाध्यक्ष काइेरालाका अन्ुसार बचतमा न्यूनतम ५।४ प्रतिशत र अधिकतम ७।४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको छ । बैंकले अहिले बचतमा ६ देखि ८ प्रतिशत ब्याज दिंदै आएका छन् ।

सबै तिरबाट एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग आएपछि त्यही अनुसार ब्याजदर घटाएको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।

राष्ट्र बैंकले अघिल्लो माहिनामा एउटै वर्गका बैंकले बचत वा मुद्दती निक्षेपमा दिंदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । त्यही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमाभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकको निर्देशन छ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आए पनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्यूनतम १ प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेकाले रेमिट्यान्स निक्षेपमा बैंकले १०।९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८।४ प्रतिशत ब्याजदर दिनु पर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित